हामी संकटसँग भाग्दैनौँ, सामना गर्छौँ : शंकर पोखरेल

लोकपथ
140
Shares

नेपालगञ्ज  । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी संकटसँग भाग्ने होइन, त्यसको सामना गर्ने बताएका छन् ।

नेपालगञ्जमा आयोजित ‘प्रतिगामी षड्यन्त्रविरुद्ध जनपरिचालन कार्यक्रम’ मा सम्बोधन गर्दै पोखरेलले भने, ‘भदौ २३–२४ का तोडफोड र विध्वंस राज्य कमजोर पार्ने षड्यन्त्र थियो । सिंहदरबार, सर्वोच्च अदालतमा आगो लगाइँदा राज्यमाथि गम्भीर अपराध भएको भयो ।’

पोखरेलले काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहसँग सम्बन्धित गतिविधि लक्षित गर्दै भने, ‘देशभर कार्यालय र वडाहरू जलाइयो, तर काठमाडौंमा केही भएन । यसबाट संलग्नहरू पहिचान गर्न सकिन्छ ।’

एमालेका नेता-कार्यकर्ता लामो समय जेल र भूमिगत बसेको स्मरण गर्दै उनले पार्टीलाई साना प्रहारले विचलित हुन नहुने बताए ।

पोखरेलले सबै कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी काममा खटिन आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?