मधेस प्रदेशमा राजनीतिक तनाब : सात दलका सांसद प्रदेशसभाअघि धर्नामा

लोकपथ
91
Shares

काठमाडौं । मधेस प्रदेशमा पछिल्लो समय राजनीतिक विवाद चर्किँदै गइरहेको छ ।  प्रदेशका सात दलका सांसदहरू सभामुखविरुद्धको कदमको विरोधस्वरूप प्रदेशसभा भवनअगाडि धर्ना दिएका हुन् । 

सभामुख रामचन्द्र मण्डलले पदीय आचरणविरुद्ध काम गरेको भन्दै सांसदहरूले उनलाई हटाउन प्रस्ताव दर्ता गरेका थिए । यही प्रस्तावबारे उपसभामुखसँग जानकारी लिन आफूहरू सामूहिक रूपमा सभाभवन पुगेको लोसपा सांसद उपेन्द्र महतोले बताए ।

सभामुख मण्डलले आफूविरुद्ध प्रस्ताव दर्ता भएपछि प्रत्युत्तरस्वरूप पाँच जना सांसदलाई पदमुक्त गरेका थिए । तर, उपसभामुखले सभामुखको निर्णय बदर गर्दै ती सांसदहरूलाई फेरि पदमा कायम राखिन् ।

मधेस प्रदेशमा एमालेका सरोज यादवलाई ठूलो दलको आधारमा मुख्यमन्त्री नियुक्त गरिएको निर्णयपछि सत्ता पक्ष–विपक्षबीचको विवाद झनै तीव्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?