काठमाडौं । मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) ९ सिजन–२ मा ३५ करोड रुपैयाँभन्दा बढीको आम्दानी हुने अनुमान गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काका अनुसार, सिजन–२ मा स्पोन्सर, टोली, टिकट तथा अन्य माध्यमबाट कुल ३५ करोड रुपैयाँभन्दा बढी उठ्ने अपेक्षा गरिएको छ । स्पोन्सरबाट करिब १५ करोड ३० लाख, आठ टोलीबाट ९ करोड, र टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ जुट्ने अनुमान गरिएको छ ।
उनले भने, ‘ओटीटी (अनलाइन स्ट्रिमिङ) बाट प्राप्त रकम मध्ये ५ करोड ३० लाख कटाउने प्रावधान रहनेछ र बाँकी रकमको ७१ प्रतिशत क्यानले पाउनेछ ।’
यसरी, आगामी सिजनले नेपालको क्रिकेट बजारमा ठुलो आर्थिक योगदान पुर्याउने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया