काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले शनिबार ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा दर्शन गरी पूजापाठ गरेकी छन् । त्यसै दिन उनले पाटनमा रहेको कुम्भेश्वर मन्दिरको पनि दर्शन गर्दै पूजापाठ सम्पन्न गरे ।

दुवै मन्दिरको दर्शन र पूजापाठसहित पूर्वयुवराज्ञी शाहले पाटन दरबार क्षेत्रको अवलोकन पनि गरे । बंगलामुखी मन्दिरको दर्शन गर्दा मनोकांक्षा पूरा हुने र शत्रु नाश हुने जनविश्वास रहेको बताइएको छ ।

पूर्वयुवराज्ञी शाहले विगतदेखि देशभरका विभिन्न शक्तिपीठ र मन्दिरमा नियमित रूपमा पूजाआराधना गर्दै आइरहेकी छिन्। साथै, उनले आफ्नै हिमानी ट्रस्टमार्फत स्वास्थ्य, शिक्षा, महिला सशक्तिकरण र विपद् व्यवस्थापन लगायतका क्षेत्रमा आम नागरिकलाई सहयोग पुर्याउँदै आएकी छन् ।

ट्रस्टले हालसम्म हजारौँ विपन्न परिवारलाई राहत वितरण गरेको छ भने बालबालिकाको शिक्षा र महिला सशक्तिकरण कार्यक्रममा विशेष जोड दिएको छ ।

हिमानी शाह पूर्वयुवराज पारस शाहकी श्रीमती हुन् र वर्तमानमा पनि सामाजिक कार्यमा सक्रिय रहिरहेकी छिन् । उनको यो धार्मिक भ्रमणले सांस्कृतिक र धार्मिक पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया