काठमाडौं । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर मतदाता नामावली संकलन सुरु भएपछि नयाँ मतदाताको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि भएको छ ।
निर्वाचन आयोगले चाप व्यवस्थापनका लागि कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्रमार्फत पनि जैविक विवरण (फोटो तथा औँठाछाप) उपलब्ध गराउने व्यवस्था गरेपछि परिचयपत्र बनाउनेहरूको सङ्ख्या बढेको हो ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन लक्षित गर्दै आयोगले मतदाता नामावली दर्ता र अद्यावधिक कार्य सञ्चालन गरिरहेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, कात्तिक २९ गते राति ९ः० बजेसम्म राष्ट्रिय परिचयपत्र प्रयोग गरेर ५० हजार २१७ पुरुष, ३० हजार २३५ महिला र चार अन्य गरी कुल ८० हजार ४५६ नयाँ मतदाता दर्ता भएका छन् ।
यससँगै निर्वाचन घोषणा भएपछि दर्ता भएका मतदाताको सङ्ख्या दुई लाख ८१ हजार १२९ पुगेको छ । आयोगले आज पनि नामावली दर्ता जारी राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया