मधेश प्रदेशका मुख्यमन्त्री यादवले डाके सुरक्षा परिषद्को बैठक

लोकपथ
420
Shares

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशको सुरक्षा रणनीति तयार पार्ने उद्देश्यका लागि सुरक्षा परिषद्को बैठक डाकेका छन् ।

बैठक प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयमा चलिरहेको छ । बैठकमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि सहभागी छन् भने प्रदेशका विभिन्न मन्त्रालयका सचिव र अन्य प्रतिनिधिहरू पनि सहभागी छन् ।

यसअघि मुख्यमन्त्री यादवले बिहान पत्रकार सम्मेलनमा आफूमाथि सुरक्षा खतराको अवस्था रहेको बताएका थिए । त्यसैलाई मध्यनजर गर्दै आजको बैठक डाकिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?