काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेशमा भइरहेको आन्दोलन भड्काउने काममा भारतको हस्तक्षेप रहेको आरोप लगाएका छन् ।
शनिबार जनकपुरमा मधेसवासीलाई सम्बोधन गर्दै उनले वीरगञ्जस्थित भारतीय काउन्सिलर कार्यालयको प्रतिनिधिमार्फत स्थानीय राजनीतिक दलहरुसँग थ्रेट र आन्दोलन भड्काउने प्रयास भइरहेको जानकारी दिएका हुन् ।
मुख्यमन्त्री यादवले भने, ‘मधेस प्रदेशमा वीरगञ्जमा रहेको काउन्सिलर अफिसका प्रतिनिधिहरु सिधै आएर दलहरुसँग प्रत्यक्ष संवाद गर्दै धम्की दिइरहेका छन् । दल फोड्ने, जुटाउने, नेताहरुलाई थ्रेट गर्ने जस्ता गतिविधि भइरहेको छ ।’ उनले आफूमाथि समेत सुरक्षा जोखिम रहेको र यसका कारण कार्यक्रम सीमित गर्नुपरेको बताए ।
यादवले आन्दोलनकारीहरुलाई संवैधानिक ढंगबाट सरकारसँग संवादमार्फतै समस्या समाधान गर्न आग्रह गर्दै भने, ‘म सुरक्षित छैन भने अन्य दलका नेताहरु सुरक्षित हुन सक्छन् र मेरो समर्थकहरूलाई आक्रमण हुँदा कसैले रोक्न सक्छ ?’
मुख्यमन्त्री यादवले भारतले मधेसमा दबाब दिएको कारणले वार्ताको वातावरण पनि बन्न नसकेको दाबी गरे । उनले मधेसी जनतालाई पनि संवेदनशील भएर स्थिति बुझ्न आग्रह गर्दै सरकारसँग सहकार्य गर्न अपिल गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया