झापा । झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरमा ८४ वर्षीय वृद्धले शरीरमा आगो लगाएका छन् । शुक्रबार राति करिब ११ः३० बजे ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आँगनमा पेट्रोल खन्याई आत्मदाह गरेका हो ।
प्रहरीका अनुसार डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति १ बजे अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय बुधबारेमा खबर गरेका थिए ।
सूचना पाए लगत्तै प्रहरी नायब निरीक्षक चन्द्रबहादुर राउतको नेतृत्वमा खटिएको टोलीले घटनास्थल सुरक्षित गरेको छ ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारेबाट प्रहरी नायब निरीक्षक नकुलराज गौतम नेतृत्वको अर्को टोली पनि घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
परिवारका सदस्यहरूले डिल्लीराम केही समयदेखि डिप्रेसनको उपचारमा रहेको र केही महिना अघि मात्रै प्रोस्टेटसम्बन्धी शल्यक्रिया गराएको जानकारी दिएका छन् । प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया