काठमाडौं । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको शुक्रबार साँझ गोली हानी हत्या गरिएको छ । साँझ ६ बजेतिर अज्ञात समूहले उनीमाथि मिथाली बिहारी नगरपालिका–९ स्थित अन्दुपट्टीमा मृत्यु संस्कारमा सहभागी हुन गएका बेला गोली प्रहार भएको हो ।
घटनापछि स्थानीयले उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्षमा निर्वाचित भएका थिए ।
मृत्यु संस्कारमा गएका बेला दुई पक्षबीच विवाद भएको र त्यहीबेला अर्को पक्षले वडाध्यक्ष यादवमाथि गोली प्रहार गरेको जानकारी आएको प्रहरीले जनाएको छ ।
दुई पक्षको विवादमा सम्झाउन अघि सरेका वडाध्यक्ष यादवमाथि नै गोली प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् । विवादका क्रममा भएको झडपमा ७ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।
घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको स्थानीयको भनाइ अनुसार प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया