प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ–आफ्नो सम्पत्ति विवरण

लोकपथ
1k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीहरूले आ–आफ्नो सम्पत्ति विवरण बुझाएका छन् ।

प्रधानमन्त्री तथा परिषद् कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीसँगै परराष्ट्र, रक्षा, खानेपानी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको छ ।

त्यसैगरी अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले पनि आफ्नो सम्पत्ति विवरण बुझाएका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा.महावीर पुन, कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियार, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सुधा गौतम र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको सम्पत्ति विवरण पनि बुझिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले सम्पत्ति विवरण बुझाउने प्रक्रिया पारदर्शी र समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?