काठमाडौं । जिल्ला प्रशासन कार्यालय महोत्तरीले शनिबार पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता सम्बन्धी सेवा उपलब्ध गराउने जनाएको छ । प्रशासन कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै , शनिबार पनि सेवा बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुने जनाएको हो ।
जिल्ला प्रशासन कार्यालयसँगै इलाका प्रशासन कार्यालय गौशाला, बर्दिबास र रामगोपालपुरबाट पनि सेवा उपलब्ध हुने सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया