काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् विघटनलाई गैरसंवैधानिक, गैरकानुनी र अप्रजातान्त्रिक कदम भन्दै यसको तत्काल पुनर्स्थापना आवश्यक रहेको बताएका छन् ।
झापाको बिर्तामोडस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरूसँगको संवादमा सभामुख घिमिरेले मुलुकको वर्तमान राजनीतिक अस्थिरताको एक मात्र वैधानिक समाधान संसद् पुनर्स्थापना भएको बताए ।
उनले भने, ‘संविधानको दायराभन्दा बाहिर गएर गरिएको संसद् विघटनले मुलुकलाई अनिश्चिततातर्फ धकेलेको छ।’
सभामुख घिमिरेले सर्वोच्च अदालतले संसद् पुनःस्थापनासम्बन्धी मुद्दामा चाँडै सुनुवाइ गरी कानुनी, व्यावहारिक र राष्ट्रिय आवश्यकताका आधारमा सकारात्मक निर्णय दिने अपेक्षा व्यक्त गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया