फागुन २१ को निर्वाचन : आयोगले माग्यो साढे ७ अर्ब रुपैयाँ, सरकारद्वारा झन्डै ५ अर्ब स्वीकृत

निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको छ : आयोग

लोकपथ
322
Shares

काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि करिब ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

निर्वाचन आयोगले साढे ७ अर्ब रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ स्वीकृत गरेको हो । 

बजेट स्वीकृत भएपछि निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले भनेका छन्, ‘निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको छ ।’

उनले थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र अहिलेलाई ५ अर्ब स्वीकृत भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?