सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइयो

लोकपथ
70
Shares

काठमाडौं । आज नोभेम्बर १४ । विश्वभर सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ । सन् २०२० मा युनेस्कोको ४०औँ महासभाले यो दिवसलाई आधिकारिक रूपमा मान्यता दिएको थियो ।

नेपालमा पनि पुरातत्त्व विभाग, संस्कृति मन्त्रालय र विभिन्न सङ्ग्रहालयहरूले संयुक्त रूपमा यो दिवस मनाएका छन् । पुरातत्त्वविद् तथा विज्ञहरूले नेपालबाट अवैध रूपमा बाहिरिएका मूर्ति, कलाकृति र पुरातात्त्विक सामग्री फिर्ता ल्याउने प्रयासलाई तीव्र बनाउनुपर्नेमा जोड दिएका छन् ।

आज काठमाडौं, ललितपुर, भक्तपुर र पोखरा लगायतका विभिन्न स्थानमा पनि सचेतनामूलक प्रदर्शनी, गोष्ठी र विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् । सांस्कृतिक सम्पदा जोगाउन सबै नागरिक सचेत हुनुपर्ने सन्देशसहित यो दिवस सम्पन्न भएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?