यातायात विभागको डेटा सेन्टरमा पुनः समस्या, नयाँ लाइसेन्स आवेदन अनिश्चितकालका लागि बन्द

लोकपथ
217
Shares

काठमाडौं । यातायात व्यवस्था विभागको डेटा सेन्टरमा समस्या देखिएपछि नयाँ ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिने प्रणाली आजदेखि बन्द भएको छ।

यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै डेटा सेन्टरमा देखा परेको प्राविधिक समस्याका कारण इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (EDL) तथा applydlnew.dotm.gov.np मार्फत प्रदान हुँदै आएका सेवाहरू बन्द भएको जानकारी दिएको हो ।

कात्तिक १६ गतेदेखि आंशिक रूपमा सञ्चालनमा रहेको प्रणाली २०८२ मंसिर २८ गतेदेखि अर्को सूचना नआएसम्म पूर्ण रूपमा बन्द रहनेछ।

प्राविधिक समस्या समाधान नभएसम्म सेवा पाउन कठिनाइ हुने भन्दै विभागले सेवाग्राहीलाई आवश्यक जानकारीका लागि अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?