काठमाडौं । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। एक तोला छापावाला सुनको मूल्य ५०० रुपैयाँले घटेर २ लाख ४९ हजार ७०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
त्यस्तै चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेर आज ३ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
बिहीबार सुन प्रतितोला २ लाख ५० हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ३ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया