काठमाडौं । एघारौँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुन दक्षिण कोरियाको राजधानी सिओल पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालमा कृत्रिम बौद्धिकता (एआई) प्रवर्द्धन गर्न आवश्यक ऊर्जामय प्रेरणा प्राप्त भएको बताएका छन् ।
‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि मन्त्री खरेलले नेपालमा एआई विकासका क्षेत्रलाई सुदृढ बनाउने दिशामा महत्वपूर्ण सिकाइ र ऊर्जा प्राप्त भएको बताए । उनले मुलुकलाई सूचना प्रविधि तथा डिजिटल परिवर्तन्मार्फत समृद्धितर्फ उन्मुख गराउन एआई महत्वपूर्ण साधन हुने उल्लेख गरे ।
मन्त्री खरेलको निजी सचिवालयका अनुसार सेन्टरका गतिविधिबारे जानकारी लिँदै उनले भने, ‘कोरियाको एआई स्मार्ट सिटी सेन्टरबाट नेपालमा स्थापना भएको एआई केन्द्रलाई अझ सबल बनाउन आवश्यक ज्ञान र दृष्टिकोण प्राप्त भएको छ । यसबाट उक्त केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न टेवा पुग्नेछ ।’
सञ्चारमन्त्री खरेलले एआई सम्बन्धी अवसर, राष्ट्रनिर्माणमा यसको अधिकतम उपयोग र भविष्य रणनीतिबारे विज्ञहरूसँग परामर्श गरेको बताए। उनले ‘डिजिटल नेपाल’ र ‘डिजिटल ट्रान्सफर्मेशन’ अभियानलाई अझ गति दिन ग्लोबल लिडरसिप फोरम उपयोगी भएको निष्कर्ष समेत प्रस्तुत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया