ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल

लोकपथ
322
Shares

काठमाडौं । पूर्वमन्त्री तथा नेता घनश्याम भुसालले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका प्रमुख वाधक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रहेको टिप्पणी गरेका छन् । 

अन्तरिम सरकारले घोषणा गरिसकेको चुनाव रोक्नुपर्ने कुनै भीतरी–बाहिरी कारण नरहेको दाबी गर्दै भुसालले हाल देखिएको अवरोधको मूल स्रोत ओली मात्र भएको बताए ।

जेनजी आन्दोलनपछि तत्कालीन सरकार र संसद् विघटन भएसँगै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेको थियो । यही सरकारले फागुन २१ का लागि नयाँ निर्वाचन मिति तोकेको छ । 

यद्यपि केही राजनीतिक दलले सरकार चुनावमूखी वातावरण बनाउन नसकेको आरोप लगाउँदै आएका छन् । एमालेले संसद् पुनःस्थापनाको एजेण्डा अघि सारेको छ भने नेपाली कांग्रेसभित्र पनि एकमत छैन । अन्य दल भने चुनावमा जाने तयारीमै छन् ।

नेता भुसालले आफूहरू नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहित चुनावमा सहभागी हुने घोषणा गरे । आफ्नो पहिल्यै राजनीतिक दल रहेको जनाउँदै उनले एजेण्डासहित चुनावी प्रतिस्पर्धामा उत्रिने स्पष्ट गरे ।

उनका अनुसार निर्वाचन सार्नुपर्ने कुनै राजनीतिक वा व्यवस्थापकीय कारण छैन । भुसालले भने, ‘चुनावका लागि ओलीजी मात्रै वाधक हो, अरू कुनै कारणले चुनाव रोकिँदैन । सबैले प्रचार–प्रसार गरिसकेपछि ओलीजीलाई पनि लतारिएर निर्वाचनमा आउनै पर्ने बाध्यता हुन्छ ।

उनले ओली स्वाभाविक रूपमा चुनावमा नआउने तर नागरिक, समाज र राजनीतिक परिस्थितिले अन्ततः भाग लिनै बाध्य बनाउने दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?