नेपाली सेनामा ठूलो संख्यामा भर्ना खुल्यो (सूचनासहित)

लोकपथ
2k
Shares

काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक ट्रेड तथा सेवा समूहका पदहरूको लागि दरखास्त आह्वान गरेको छ।

सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार एक सूचना जारी गर्दै सेनाले ठूलो संख्यामा प्राविधिक जनशक्ति भर्ना गर्न लागेको हो।

सोही अनुसार, उपत्यका पृतना नारायणहिटीका लागि ३५० जना, काभ्रेको भकुण्डेबेसीस्थित २६ नम्बर बाहिनी अड्डाका लागि ७५ जना, भक्तपुरको सूर्यविनायकस्थित रणशेर गणका लागि १०० जना, सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरका लागि २०० जना गरी देशभरका अन्य विभिन्न गण-गुल्म तथा इकाइहरूमा पनि उल्लेख्य संख्यामा नयाँ भर्ना गर्न लागिएको छ।

आवेदन दिने उम्मेदवारले तोकिएको मिति, समय र प्रक्रियाअनुसार अनिवार्य रूपमा फारम भर्नु पर्ने जनाएको छ । फारम भर्न चाहनेले सेनाका तोकिएका कार्यालयहरूमा सम्पर्क गरी कात्तिक २८ देखि मंसिर २७ गतेसम्म दरखास्त बुझाउन सक्नेछन् । साथै परीक्षासम्बन्धी समय, स्थान र अन्य जानकारी पछि नेपाली सेनाको वेबसाइट वा सूचनामार्फत प्रकाशित हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?