मधेस प्रदेश सभामा लफडा, थुनिएका सांसदहरुलाई बाहिर निकालियो

लोकपथ
686
Shares

काठमाडौं । बिहीबार मधेस प्रदेश सभामा लफडा भएको छ ।

मधेस प्रदेशमा प्रतिनिधित्व गर्ने विभिन्न ७ राजनीतिक दलले सभामुख रामचन्द्र मण्डलविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराउँन गएसँगै त्यहाँ लफडा भएको थियो ।

आफूहरुलाई प्रदेश सभा भित्रै थुनिएको सांसदहरुको आरोप रहेको छ । उनीहरुलाई ४० मिनेट भित्र थुनेपछि अहिले बाहिर निकालिएको एक सांसदले बताए ।

सभामुखको सचिवालभित्रै एमाले र सात राजनीतिक दलका सांसदहरुबिच तनावको स्थिति सिर्जना भएको थियो । साथै उनीहरुबिच हात हालाहालको अवस्था सिर्जना भएपछि प्रहरीले बाहिरबाट ताला लगाएको र भित्रको बत्ति समेत निभाइएको सांसदहरुको आरोप रहेको छ ।

अवस्था नियन्त्रण बाहिर जान सक्ने भन्दै थप प्रहरी आएर सांसदहरुलाई प्रदेश सभा बाहिर निकालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?