पत्रकार महेश तिमल्सिना सम्मानित

लोकपथ
56
Shares

काठमाडौं । युवा पत्रकार महेश तिमल्सिना सम्मानित भएका छन् ।

बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा रिलायन्स एजुकेशन नेटवर्कले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै पत्रकार तिमल्सिनालाई सम्मान गरेको हो ।

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय तिमल्सिना हाल एजुकेशन समाचारको प्रधान सम्पादक छन् ।

आजको शिक्षा साप्ताहिकबाट पत्रकारिता सुरु गरेका उनले नयाँ पत्रिका, गज्जब साप्ताहिक, साप्ताहिक, हेल्थआवाज, मेरो लाइफस्टाइलडटकम र लोकपथलगायतका सञ्चारमाध्यममा रहेर काम गरिसकेका छन् ।

उनी आम सञ्चार तथा पत्रकारिता अध्यापनमा पनि सक्रिय छन् ।

तिमल्सिनाले रिलायन्सले गरेको यो सम्मानले पत्रकारितामा खटेर काम गर्न आफूलाई थप हौसला मिलेको बताए । ‘यो सच्चा कर्मले पाएको सम्मान हो,’ उनले भने, ‘यस्तो सम्मानले पत्रकारिता क्षेत्रमा लाग्न हौसला मिलेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?