काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुर–बुटवल इजलासले मिसिल झिकाउने आदेश दिएको छ ।
न्यायाधीश ओमप्रसाद अर्याल र बासुदेव आचार्यको संयुक्त इजलासले थप प्रमाणका लागि मिसिल झिकाउन निर्देशन दिएको हो । यसअघि २० कात्तिकमा पनि मिसिल माग्ने आदेश दिइएको थियो ।
लामिछानेले सहकारी ठगीको १० करोड ९९ लाख रुपैयाँको सामूहिक बिगोमध्ये आफ्नो भागको २ करोड ७४ लाख रुपैयाँ बैंक जमानतमा पेस गरेका थिए । जोशीले पनि समान बिगो पेस गरेका थिए । तर, दुवैको हिस्सामा कति बिगो कायम हुने निश्चित नभएकाले रिहा गर्न नमिल्ने निर्णय भएको छ ।
पुर्पक्षका लागि लामिछाने ललितपुर नख्खु कारागारमा र जोशी भैरहवा कारागारमा थुनामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया