काठमाडौं । करिब २५ वर्षअघि ‘नाइ मलाई त्यही केटी चाहिन्छ’ बोलको कमेडी गीतबाट चर्चामा आएका गायक प्रकाश पौडेलले नयाँ गीत ‘बुढाबुढी’ सार्वजनिक गरेका छन् ।
ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोको निर्देशन सञ्चारकर्मी सुब्रत आचार्यले गरेका हुन् ।
लामो समयपछि पुनः संगीत क्षेत्रमा फर्किएका पौडेल पछिल्ला वर्षमा ज्योतिषीको रूपमा पनि परिचित छन् । उनले यसअघि ‘कसैलाई नभन्नु ल’, ‘डाक्टर साब भिटामिन लेख्दिनु न’, ‘तितेपाती तितेपाती झ्याप झ्याप’ जस्ता हास्य–मनोरञ्जनात्मक गीतमार्फत श्रोता–दर्शकको मन जितेका थिए ।
‘बुढाबुढी’ गीतको म्युजिक भिडियोमा मोडल साक्षी लम्साल र कमल सिंहसँगै गायक पौडेल स्वयं, सानु सत्याल, कुमार लम्साल र सुधिर सापकोटाले अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया