विभागको डाटा सेन्टरमा विद्युत अवरोध, देशभरका यातायात सेवा ठप्प

लोकपथ
154
Shares

काठमाडौं । देशभरका यातायात कार्यालयहरूको सेवा बिहीबार अवरुद्ध भएको छ । यातायात व्यवस्था विभागको डाटा सेन्टरमा विद्युत आपूर्ति रोकिएपछि सेवा ठप्प भएको हो ।

विभागका अनुसार बत्ती निभेपछि इन्भर्टरबाट विद्युत आपूर्तिको व्यवस्था गरिएको भए पनि इन्भर्टरले समेत काम नगरेपछि अनलाइन प्रणालीमार्फत सञ्चालन हुने सबै सेवा रोकिएका छन् ।

विद्युत आपूर्तिमा समस्या आएसँगै सवारी दर्ता, लाइसेन्स, अनलाइन नवीकरण लगायतका कार्यसमेत प्रभावित भएका छन् ।

 विभागले समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरेको र सेवा यथासक्य चाँडो सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?