सरकार निर्वाचनलाई मात्रै टार्गेट बनाएर हिँड्यो : सुदन गुरुङ

लोकपथ
63
Shares

काठमाडौं । जेनजी प्रतिनिधि सुदन गुरुङले अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीका माग पूरा गर्न नसक्ने बताएका छन् ।

बिहीबार निर्वाचन आयोगमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा गुरुङले भने, ‘हामी चुनावमा जाँदैनौँ । न्याय नपाएसम्म हामी चुनावमा जान्ने छैनौँ ।’

उनले शहीद र घाइतेहरूको माग पूरा गर्न सरकार जिम्मेवार रहेको बताए । गुरुङले चुनाव ०८४ लाई ०८२ मा सार्ने प्रयासमा मात्र लडेको नभएको र न्याय पूरा नभएसम्म आन्दोलन जारी रहने उल्लेख गरे ।

उनले सरकारको एकपक्षीय प्रयासलाई अस्वीकार गर्दै सबै नेपालीलाई देश निर्माणमा सहभागी हुन आग्रह समेत गरे । जेनजी प्रतिनिधिको यो अडानले आगामी निर्वाचन प्रक्रियामा चुनौती थप्ने संकेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?