सुनको मूल्य एकै दिन करिब ६ हजारले बढ्यो, कतिमा हुँदैछ काराेबार ?

लोकपथ
1k
Shares

काठमाडौं । बुधबारको तुलनामा आज सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) एक तोला सुनको मूल्य पाँच हजार ९०० ले बढ्दै दुई लाख ५० हजार २०० रुपैयाँ पुगेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा १७० रुपैयाँले बढेर तीन हजार ३४५ रुपैयाँमा पुगेको छ । बुधबार एक तोला सुन दुई लाख ४४ हजार ३०० र चाँदी तीन हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?