काठमाडौं । कांग्रेस नेता एवं पूर्वउर्जामन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले लामो समयदेखि भाडा नतिरेको र भाडा तिर्न ताकेता गर्दा पनि बेवास्ता गरेको भन्दै काठमाडौंको लैनचौरस्थित स्काउटको जग्गा र त्यहाँ निर्मित भौतिक संरचनामा आज डोजर चलाइएको छ । काठमाडौं महानगरपालिकाको डोजरले आज बिहान उक्त जग्गाभित्र बनेका टहरा भत्काएको हो ।
स्काउटले भाडामा दिएको जग्गामा खड्काले विभिन्न संरचना बनाएको र भाडा नतिरेको आरोप छ ।
एक साताअघि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले आफ्नै स्वामित्वमा रहेको जग्गा र सो जग्गामा निर्माण भएका संरचना प्रयोगकर्तालाई सात दिनभित्र बहालको बक्यौता रकम तिर्न ताकेता गरेको थियो । अन्यथा जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरू जफत गर्ने चेतावनी स्काउटको प्रधान कार्यालयले दिएको थियो ।
स्काउटको सार्वजनिक सूचना अनुसार स्काउटको जग्गा र त्यहाँका संरचना खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले भाडामा सञ्चालन गर्दै आएको थियो । भाडा चुक्ता नगर्दा स्काउटलाई अपूरणीय क्षति पुगेको सूचनामा उल्लेख थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया