प्रहरी महानिरीक्षक खापुङको बिदाइ

लोकपथ
147
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङको तीन दशक लामो सेवाकालमा देखाएको बौद्धिकता, निष्ठा र पेसागत दक्षताले सम्पूर्ण प्रहरी संगठनको मनोबल उच्च बनाएको बताएका छन् ।

तीस वर्षे सेवा पूरा गरी आजदेखि अनिवार्य अवकाशमा जान लागेका आईजीपी खापुङलाई बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममार्फत बिदाइ गर्दै गृहमन्त्री अर्यालले खापुङको योगदान प्रशंसनीय रहेको उल्लेख गरे ।

‘अवकाश हुँदैमा राष्ट्रप्रति जिम्मेवारी समाप्त हुँदैन, ’ मन्त्री अर्यालले भने, ‘राष्ट्रिय जीवनमा तपाईँहरूको अनुभव र योगदान यो मुलुकले सधैँ अपेक्षा गरिरहनेछ ।’

गृहसचिव रामेश्वर दङ्गालले पनि खापुङले प्रहरी संगठनको नेतृत्वमा रहेर देखाएको कार्यकुशलता र अनुशासन प्रशंसनीय रहेको बताए ।

आईजीपी खापुङले कुनै पनि सेवामा सफल हुनका लागि सेवाप्रतिको निष्ठा, लगनशीलता र इमानदारी आवश्यक हुने बताए । उनले आफूले प्राप्त गरेको अनुभवलाई भविष्यमा पनि राष्ट्रको हितमा उपयोग गर्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?