काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग भेटवार्ता गरेकी छिन् ।
प्रधानमन्त्रीसँग भएको छलफलमा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा.जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे जानकारी गराए ।
प्रधानमन्त्री कार्कीले मतदाता नामावली संकलनमा समस्या आउन नदिन निर्देशन दिँदै यसलाई सहज बनाउन पहल गर्न आग्रह गरेकी छिन् ।
यसअघि पनि मतदाता नामावली संकलनमा समस्याको गुनासो आइरहेका बेला उनले एक भिडियो सन्देशमार्फत संकलन प्रक्रियालाई द्रुत र व्यवस्थित बनाउन आग्रह गरेकी थिइन् ।
निर्वाचन आयोगले भने मतदाता नामावली संकलनका लागि अब चार दिन मात्र बाँकी रहेको जानकारी दिएको छ । राजनीतिक दलहरू सशंकित रहेका बेला प्रधानमन्त्रीको भेटवार्ता निर्वाचन तयारीलाई व्यवस्थित बनाउने दिशामा महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया