शेयर बजार दोहोरो अंकले घट्यो

लोकपथ
98
Shares

काठमाडौं । नेपाली शेयर बजार बुधबार दोहोरो अंकले घटेको छ । लगातार घट्दै आएको बजार मंगलबार झिनो अंकले बढे पनि आज पुनः दोहोरो अंकले ओरालो लागेको हो ।

अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २० अंकले घटेर २,५४४ विन्दुमा पुगेको छ। बजारमा गिरावटसँगै कारोबार रकम पनि खुम्चिएको छ । आज ३ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन अघिल्लो दिनको झन्डै साढे तीन अर्ब रुपैयाँभन्दा कम हो।

आज ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य घटेको र ७ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

यस दिन दुई कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड र सागर डिस्टिलरीका शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको हो । त्यस्तै, बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र बुंगल हाइड्रो लिमिटेडका शेयर मूल्य ९‍.९८ प्रतिशतले बढेका छन् ।

तर, धरम खोला हाइड्रो लिमिटेडको शेयर मूल्य भने आज झन्डै ९ प्रतिशतले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?