काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सुदर्शन खड्कालाई कोशी प्रदेशसभाको सचिवमा नियुक्त गरेका छन् ।
कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले आज गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १९५ को उपधारा (१) बमोजिम बागमती प्रदेश चाँगुनारायण नगरपालिका- ४ निवासी खड्कालाई आजका मितिदेखि लागु हुने सो पदमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आज आयोजित एक समारोहमा उनले खड्कालाई नियुक्तिपत्र प्रदान गरेको कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया