रेशम चौधरीको पार्टी अध्यक्षमा जेनजी पुस्ताका कविर सोब, निर्वाचन आयोगले दियो दर्ता प्रमाणपत्र

लोकपथ
182
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपाल निर्वाचन आयोगमा आधिकारिक रूपमा दर्ता भएको छ ।

बुधबार मध्यान्ह आयोगले दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो । आयोगका सचिव महादेव पन्थले पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष कविर सोपलाई प्रमाणपत्र हस्तान्तरण गरे ।

यसअघि चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । गत प्रतिनिधिसभा निर्वाचनमा उक्त पार्टीले ४ सिट हासिल गरेको थियो ।

तर, पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँगको आन्तरिक विवादका कारण चौधरीले नयाँ दल गठन गरेका हुन् ।

नवगठित पार्टीका वरिष्ठ उपाध्यक्षमा यसअघि जनमत पार्टीका उपाध्यक्ष रहेका अब्दुल खान रहेका छन् ।

दल दर्ता प्रमाणपत्र प्राप्त गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष सोपले भने, ‘जनताको पक्षमा देश बनाउने योजनासहित हामीले नयाँ राजनीतिक दल दर्ता गरेका हौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?