सिंहदरबारमा सरकार र दुर्गा प्रसाईँ समूहबिच वार्ता जारी

लोकपथ
301
Shares

काठमाडौं । सरकार र नागरिक बचाउ अभियानका संयोजक तथा व्यवसायी दुर्गा प्रसाईँको समूहबिच सिंहदरबारमा वार्ता जारी छ । बुधबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रसाईँ समूहसँग सरकारले छलफल थालेको हो ।

वार्तामा दुर्गा प्रसाईँ स्वयं सहभागी भएका छैनन् । प्रसाईँको तर्फबाट संगठन विभाग प्रमुख तिजेन्द्रप्रसाद रायमझी, अभियानका प्रवक्ता माधवप्रसाद खतिवडा र देवीप्रसाद संग्रौला लगायतका सदस्य सहभागी छन् ।

प्रसाईँले आगामी मंसिर ७ गतेदेखि देशभर आन्दोलन सुरु गर्ने घोषणा गरिसकेका छन् । यस पटकको आन्दोलनका लागि उनले नेपाली कांग्रेस (बीपी) सँग सहकार्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?