इन्जिनियरिङ पढ्न बेलायत पुगेका नेपाली विद्यार्थीको सुतेकै ठाउँमा मृत्यु

लोकपथ
973
Shares

काठमाडौं । बेलायतको लन्डनमा एक नेपाली विद्यार्थी मंगलबार बिहान सुतेकै ठाउँमा मृत फेला परेका छन् । 

अघिल्लो दिन राति खाना खाएर सुतेका सल्यान घर भएका योमन चन्द मंगलबार बिहान नउठेपछि उनलाई अस्पताल लगिएको थियो । तर अस्पताल ल्याउनुअगावै डाक्टरले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए । 

एनआरएनए यूकेका अनुसार चन्द एक वर्षअघि मात्रै इन्जिनियरिङ पढ्न बेलायत पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?