काठमाडौं । कुमारी बैंकले ग्रिन सेभिङस् डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ ।
दिगो विकासका लक्ष्यहरू प्राप्तिमा योगदान पुर्याउने उद्देश्यसहित कुमारी बैंकले नयाँ निक्षेप योजना ‘ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट ल्याएको हो ।
‘एक खाता, एक रुख’ सिद्धान्तमा आधारित यस योजनाअन्तर्गत खोलिने प्रत्येक खाताबापत बैंकले आफ्नै तर्फबाट एक रुख रोप्ने जनाएको छ । यसका माध्यमबाट ग्राहकहरूलाई बचतसँगै वातावरण संरक्षणमा अप्रत्यक्ष रूपमा सहभागी गराउने उद्देश्य बैंकले राखेको छ ।
यस योजनामा सहभागी खातावालहरूले निम्न आकर्षक सुविधा पाउने छन्
-साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत बढी ब्याजदर
-एक लाख रुपैयाँसम्मको बिमा सुविधा
-दुई वर्षसम्म निःशुल्क मोबाइल बैंकिङ सेवा
-दुई लाख रुपैयाँसम्मको फोनलोन सुविधा (योग्यता अनुसार)
-प्रत्येक खाताबापत एक रुख रोपाइँको व्यवस्था
यस योजनाबाट संकलन हुने निक्षेपलाई दिगो विकास प्रवर्द्धन गर्ने, पर्यावरणलाई सकारात्मक प्रभाव सृजना गर्ने क्षेत्रहरुमा कर्जा प्रवाह गर्ने तथा प्रत्येक खाताबापत एक रुख रोप्ने भएकोले यस अभ्यासबाट वातावरण संरक्षणमा दोहोरो प्रभाव सृजना हुने बैंकका दिगो बैकिंङ विभागका प्रमुख अर्पण पौडेलले बताएका छन् ।
बैंकले सबै शाखाहरूमा यो योजना उपलब्ध गराएको छ र इच्छुक ग्राहकहरूले बैंकको वेबसाइट वा नजिकको शाखामा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्ने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया