काठमाडौं । अवैध लागूऔषध खैरो हेरोइन, केही नगद र ३ थान मोबाइलसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–१० घर भइ हाल काठमाडौंको तारकेश्वर नगरपालिका–८ शेषमति बस्ने ३३ वर्षीय शंकर राजवंशी रहेका छन् ।
विशेष सूचनाका आधारमा प्रहरीले शेषमती लामबगरमा हिँडिरहेको अवस्थामा राजवंशीलाई नियन्त्रणमा लिइ उनको कोठामा खानतलासी गरेको थियो । सो क्रममा उनको कोठाबाट ६.७३ ग्राम ब्राउन सुगर (खैरो हेरोइन), ७३ हजार रुपैयाँ नगद र विभिन्न कम्पनीका ३ थान मोबाइल समेत बरामद गरिएको छ ।
उनलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी प्रहरी बृत्त बालाजुमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया