मधेसका शहीदहरुलाई ‘मधेस रत्न’ले सम्मानित गर्ने नवनियुक्त मुख्यमन्त्रीको पहिलो निर्णय

लोकपथ
406
Shares

काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेका छन् ।

मंगलबार कार्यालयमा कार्यभार सम्हाल्दै उनले कार्यभार सम्हाल्दै उनले मधेस आन्दोलनका शहीदलाई मधेस रत्नले सम्मानित गर्ने निर्णय गरेका हुन् ।

मुलुकमा संघीयता ल्याउन मधेसका शहीदहरूको अतुलनीय योगदान रहेको मुख्यमन्त्री यादवले बताए ।

शहीदहरुलाई आर्थिक सहयोग दिएपनि सम्मान नदिइएको उनको आरोप छ ।

कार्तिक २३ गते मुख्यमन्त्री नियुक्त हुनुभएका र कातिक २४ गते बिहानै मुख्यमन्त्री पदको शपथ लिएका मुख्यमन्त्री यादवले मंगलबार मधेस भवनमा पुगेर आफ्नो कार्यभार सम्हालेका हुन् ।

उनले प्रदेशमा शान्ति सुव्यवस्था कायम गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?