म संविधान नपढी मन्त्री बन्न गएको होइन : कानूनमन्त्री सिन्हा

लोकपथ
161
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संविधानले पूर्वन्यायधीशलाई मन्त्री वा सांसद बन्न नरोकेको  दाबी गरेका छन् ।

नेपाल कानुन समाजले मंगलबार आयोजना गरेको ‘आगामी प्रतिनिधिसभाको निर्वाचन : चुनौती र अवसर’ विषयक राजनीतिक दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले आफू संविधान पढेरै मन्त्री बन्न गएको बताए ।

कार्यक्रममा एमाले नेता अग्नी खरेलले पूर्वन्यायधीश वा प्रधानन्यायाधीश प्रधानमन्त्री वा मन्त्री बन्नु असंवैधानिक भएको टिप्पणी गरेका थिए । त्यसको जवाफमा मन्त्री सिन्हाले भने, ‘असंवैधानिक किन रे १ भन्दाखेरी त्यो चाहिँ नि सरकारी पदमा बस्नको निम्ति न्यायाधीशलाई बन्देज लगाएको भनेर भन्नुभयो । म सरकारले हो की होइन भनेर संविधान पल्टाएँ, अनि मात्रै आएको हुँ ।’

सिन्हाले मन्त्री बन्नुअघि एक घण्टा संविधान पढेको उल्लेख गर्दै भने, ‘मलाई भोट खसाल्ने अधिकारबाट संविधानले वञ्चित गरेको छैन । भोट खसाल्ने अधिकार दिइसकेको संविधानले मलाई उम्मेदवार बन्ने अधिकार पनि दिएको छ स्वतन्त्र रूपमा होस् या पार्टीमार्फत।’

उनले आगामी निर्वाचनका लागि सरकार तयारी अवस्थामा रहेको बताउँदै राजनीतिक दलहरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिए । ‘हामीले सबै दलका जिम्मेवार नेताहरूसँग निर्वाचनका सन्दर्भमा छलफल गरिरहेका छौँ । कुनै पनि दल निर्वाचनबाट पछाडि फर्किने छैन भन्ने विश्वास छ, ‘उनले भने ।

मन्त्री सिन्हाले आफूलाई आगामी चुनावमा उम्मेदवार बन्ने वा पुनः मन्त्री हुने इच्छा नरहेको पनि स्पष्ट पारे । ‘हामी अप्ठ्यारो अवस्थामा मात्रै सरकार चलाउन आएका हौँ, ‘उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?