पार्टी एकता गर्न छलफलमा जुटे राजेन्द्र लिङ्देन र कमल थापा, भेटपछि दुवैले के भने ?

लोकपथ
210
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बिच एकताका लागि छलफल अघि बढाइएको छ ।

आज दुवै पार्टीका अध्यक्षद्वय राजेन्द्र लिङ्देन (राप्रपा) र कमल थापा (राप्रपा नेपाल) ले भेटघाट गरी पार्टी एकताको पक्षमा अघि बढेका हुन् ।

भेटघाटपछि दुवै अध्यक्षले भेटघाट अर्थपूर्ण र वार्ता सकारात्मक रहेको सन्देश दिएका छन् ।

भेटपछि थापाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘आज हामीले सौहार्दपूर्ण वातावरणमा भेटघाट गर्‍यौँ । सकारात्मक दिशातर्फ उन्मुख भएका छौँ ।’

यता राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भेटघाट सबै पक्षबाट सकारात्मक रहेको बताएका छन् ।
‘दाजुभाइको भेटघाट सबै पक्षमा सकारात्मक कुराकानी….,’ लिङ्देनले भनेका छन् ।

०७८ सालमा राप्रपाको अध्यक्षमा पराजित भएपछि कमल थापाले पार्टी विभाजन गरी राप्रपा नेपाल गठन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?