काठमाडौं । एमाले नेता एवं पूर्वकानूनमन्त्री अग्नी खरेलले नेकपा एमाले निर्वाचनबाट नभाग्ने बताएका छन् ।
नेपाल कानुन समाजले आयोजना गरेको आगामी प्रतिनिधि सभाको निर्वाचनः चुनौती र अवसर विषयक राजनीतिक दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकार निर्वाचन गर्नेतिर नलागेको आरोप लगाए । निर्वाचनको मुख्य स्टेकहोल्डर रहेका राजनीतिक दलका नेताहरूलाई नै नभेट्ने अभिव्यक्ति दिने प्रधानमन्त्रीले निर्वाचन गराउनेमा आफूहरूलाई विश्वास नलागेको उनको भनाई छ ।
उनले निर्वाचन गर्ने वातावरण बनाउने सरकारको काम भएको बताए । तर सरकारको कामकारबाहीले निर्वाचनको वातावरण बनाउने भन्दा बिगार्नेतिर बढी गएको उनको भनाई छ ।
उनले भने, ‘प्रहरीको मनोबल अगाडी बढेको छैन । म विनम्रतापूर्वक भन्छु, ढंगले आओस् एमाले निर्वाचनबाट भागेर बाहिर जाँदैन । तर निर्वाचन हुँदै छ भन्ने कुराको विश्वास दिलाउने खालको सरकारी ढाँचाकाँचा नै छैन । कामकारबाही नै त्यो खालको भईरहको छैन । अनि कसरी निर्वाचन हुन्छ भनेर विश्वास गर्ने । निर्वाचनमय वातावरण बन्नुपर्छ होला नि त, त्यो वातावरण बनेको छ ? त्यसका निम्ति चाहिने चीजहरू आएर फरर आएर भनेर मात्रै हुन्छ ? त्यो खालको निर्वाचनमय वातावरण बनेको छ कि छैन । या बनाइँदै छ कि छैन । चुनाव गर्नुस् हामी भाग लिन्छौ तर हामीलाई आजसम्म चुनाव हुन्छ भन्ने विश्वास छैन, त्यो विश्वास दिलाउने काम सरकारको हो । दलसँग वार्ता गर्दिन भन्ने प्रधानमन्त्रीले देशमा चुनाव खोजेको भन्ने मलाई लाग्दैन । शीर्ष नेताहरूसँग म बस्दिन, किन बस्दिन ? प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानन्यायाधीश बनाउने त तीनै शीर्ष नेता हुन त ? त्यस बेला प्रधानमन्त्री केपी ओली नै हुनुहुन्थ्यो क्यार ।’
उनले राजनीतिक दलहरुसमेतको समर्थनमा खिलराज रेग्मी नेतृत्वको सरकार बनेकोले उक्त सरकारले सजिलै निर्वाचन गर्न सफल भएको पनि स्मरण गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया