काठमाडौं । आगामी महाधिवेशनको विषयमा छलफल गरिरहेको नेपाली कांग्रेसमा प्रतिनिधि सभा पुनस्थापनाको विषय पनि बहसमा आएको छ ।
यसअघि नै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भनेको थियो । तर सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने मिति घोषणा गरेसँगै सोही अनुसार अघि बढ्न केही नेताहरुले आग्रह गरिरहँदा केही नेताहरु भने प्रतिनिधि सभा पुनस्थापनाको पक्षमा माहोल बनाउन लागि परेका छन् ।
विघटित प्रतिनिधि सभाका नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेको नेतृत्वमा हस्ताक्षर अभियान नै चलेको छ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा विघटित संसदका सदस्यहरु पुगेर हस्तक्षर गरिरहेका छन् ।
हालसम्म ५० जना हाराहारीमा सांसदहरुले प्रतिनिधि सभा पुनस्थापनाका पक्षमा हस्ताक्षर गरिसकेको लोकपथलाई बताए ।
‘हालसम्म ५० जना हाराहारी सांसदहरुले हस्ताक्षर गरिसकेको मलाई सूचना प्राप्त भएको छ,’ घिमिरेले लोकपथसँग भने, ‘अझै केही साथीहरु हस्तक्षर गर्ने तयारीमा हुनुहुन्छ ।’
जारी केन्द्रीय समिति बैठकमा पार्टीको धारणा एक बनाउने गरी सांसदहरुको हस्ताक्षर बुझाउने तयारी भइरहेको समेत उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया