अब प्राइभेट क्याम्पसहरुमा पनि अनेरास्ववियु पसेर गतिविधि गर्छ : ओली

लोकपथ
14
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) लाई निजी क्याम्पस र विद्यालयहरूमा पनि प्रवेश गर्न निर्देशन दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।

उनले किशोरावस्थाबाट युवाअवस्थामा प्रवेश गर्न लागेका विद्यार्थीहरुलाई विदेशी एजेन्सीहरुले बिगार्न नपाउने चेतावनी समेत दिए ।

उनले विदेशी एजेण्टद्वारा सञ्चालित क्याम्पस तथा विद्यालयहरुले विद्यार्थीको मनोवृत्ति बिगार्ने काम गरको आरोप पनि लगाए ।

उनले भने, ‘अब प्राइभेट क्याम्पसहरुमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) पस्छ । निजी विद्यालयहरुमा पस्छ । किशोराअवस्थाबाट युवाअवस्थामा प्रवेश गर्न लागेका बालबालिकाहरुलाई बिगार्ने छुट कसैलाई पनि छैन । फिस तिरेर हामीले पढाउने तपाईहरु हाम्रा छोराछोरी बिगार्ने ? अब यो हुदैन । अब अनरास्ववियु निजी क्यापस र विद्यालयमा पनि पस्छ । ’

उनले सकारात्मक सोच भएका व्यक्तिहरुको मात्र संगत गर्न समेत युवापंक्तिलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?