काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई ३३औँ आईजीपी नियुक्त गरेको हो ।
आगामी कार्तिक २७ गतेदेखि लागू हुने गरी कार्की प्रहरी प्रमुख बनेका हुन् । उनी हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत रहेका छन् ।
प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कार्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो ।
२०२९ सालमा गुल्मीमा जन्मिएका कार्की २०५४ चैत १८ मा नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भइ प्रहरी सेवामा लागेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया