काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ । अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ पुगेको हो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ रहेको चाँदी सोमबार तोलामा ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया