काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी दर्ताका लागि आवश्यक कागजातहरु निर्वाचन आयोगमा पुगेको छ ।
आइतबार राजेन्द्रप्रसाद पाण्डे, वर्षमान पुन, देव गुरुङ लगायतका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरु पेस गरेका हुन् ।
आयोगमा सञ्चारकर्मीहरुसँग बोल्दै सो पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले आफूहरुको पार्टी नेपाली समाजको आमूल परिवर्तनको दिशामा लाग्ने बताएका छन् ।
उनले १० वटा कम्युनिष्ट घटकहरु मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको उल्लेख गर्दै जेनजीले उठाएका मागमा आफूहरुको पूर्ण समर्थन रहेको बताए । उनले १९ गते दल दर्ताका लागि निवेदन दिएको र आवश्यक कागजातहरु अहिले पूर्ण रुपमा ल्याएर बुझाएको बताए ।
उनले भने, ‘नेपाली कम्युनिष्ट पार्टी भनेर बनाएका छौँ । १० वटा कम्युनिष्ट घटकहरु छौँ । पाँच वटा यसअघि नै निर्वाचन आयोगमा दर्ता भएर काम भइरहेको थियो । कार्तिक १९ गते नै दर्ता गरेका थियौँ । विगतमा दर्ता भएका माइन्युटदेखि सबै कुराहरु निर्वाचन आयोगलाई चाहिने विधान माइन्युट लगायत नयाँ पार्टीको घोषणा पत्र सबै व्यवस्थित रुपमा बुझाएका छौँ । सचिवज्युले सबै कागजात बुझ्नुभयो । हामीले सबै कागजातहरु पूरा गरेर दिएका छौँ । जेन जीले उठाएका मागलाई पूर्ण समर्थन हुन्छ । हाम्रो पार्टी भ्रष्टाचार र बेथितिका विरुद्धमा उभिँदै हामीले नेपाली समाजको आमूल परिवर्तनको दिशामा जान्छौँ ।’
कार्तिक १९ गते नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितको वाम एकता भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया