काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउन सञ्चार माध्यामहरुले अझ प्रभावकारी ढंगले काम गर्नुपर्ने बताएका छन् ।
आइतबार आयोजित सार्वजनिक सेवा प्रसारण तथा नेपाल टेलिभिजनको नयाँ च्यानल एनटिभी वर्ल्डको औपचारिक शुभारम्भ समारोहमा राष्ट्रपति पौडेलले
यस्तो बताएका हुन् ।
उनले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यानमा राख्दै संविधान र लोकतन्त्रलाई अझ उन्नत र सुदृढ बनाउन निर्वाचन घोषणा गरिएको बताए ।
राष्ट्रपतिले सरकारी सञ्चार माध्यामहरुले लोकतन्त्रको सुदृढीकरणमा बढी जोड दिनुपर्ने र जनतालाई सही सूचना पुर्याउन गम्भीरतापूर्वक काम गर्नुपर्नेमा जोड दिए ।
उनले एनटिभी वर्ल्ड च्यानलले नेपालको संस्कृति, भेषभुषा, भौगोलिक विविधता, प्राकृतिक सौन्दर्यता, पर्यटन, धार्मिक तथा सांस्कृतिक धरोहर र नवीन सोच तथा उपलब्धिहरूलाई विश्व समक्ष चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले भने, ‘युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिँदै संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी फागुन २१ को लागि तोकिएको निर्वाचनलाई सफल बनाउन सञ्चार माध्यामहरुले प्रभावकारी काम गर्नुपर्ने आवश्यकता आज देखिएको छ। आज शुभारम्भ भएको एनटिभी वर्ल्डले नेपालको सांस्कृतिक र प्राकृतिक विविधता र उपलब्धिहरूलाई विश्व समक्ष चिनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया