काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आम सञ्चार माध्यामलाई टिक्न कठिन हुने अवस्था आएको बताएका छन् ।
आइतबार सार्वजनिक सेवा प्रसारण तथा एनटिभी वर्ल्डको औपचारिक शुभारम्भ समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
मन्त्री खरेलले सामाजिक सञ्जालको दवदवाले आम सञ्चार माध्यामहरुलाई काम गर्न नै कठिन भएको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्नुपर्ने आवश्यक रहेको समेत स्पष्ट पारे ।
उनले आजबाट शुभारम्भ भएको एनटिभी वर्ल्ड च्यानलले बाँकी विश्वलाई हेर्न र बुझन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास समेत व्यक्त गरे । मन्त्री खरेलले सार्वजनिक सेवा प्रसारण संस्थालाई आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले भने,‘अबको दिन बडो चुनौतीपूर्ण छ । अब आम सञ्चार माध्यामलाई टिक्न गाह्रो छ । थेगिन गाह्रो छ । काम गर्न गाह्रो छ । व्यवसायिकतामा धेरै प्रश्नहरू छन् । यो चुनौतीको बिचमा हामी जुन काम शुभारम्भ गरेका छौँ । यसले नेपाल र नेपाली मात्रै नभएर बाँकी विश्वलाई नेपालको आँखाबाट हेर्नका लागि यो एनटिभी वर्ल्डले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने लागेको छ । अरू कुराहरू आगामी दिनमा धेरै गर्नु छ । यतातर्फ नेपाल सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट सार्वजनिक सेवा प्रसारण संस्था यो पिएसपीलाई आवश्यक सहयोग गर्न नेपाल सरकार प्रतिबद्ध छ ।’
मन्त्री खरेलले सार्वजनिक सेवा प्रसारण संस्थाहरूले आफ्नो प्रस्तुतिमा धेरै सुधार गर्नुपर्ने आवश्यकतामा समेत औँल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया