काठमाडौं । नेकपा एमालेको दोलखा जिल्ला कमिटीले आगामी महाधिवेशनबाट पनि केपी शर्मा ओली नै अध्यक्ष हुनुपर्ने अडान कायम राखेको छ ।
शनिबार सम्पन्न जिल्ला कमिटीको ९औँ पूर्ण बैठकले सो निर्णय गरेको हो । बैठकले राष्ट्रिय महाधिवेशन र विविध विषयमाथि छलफल गरी विभिन्न प्रस्तावहरु पारित गर्दै ओलीलाई नै अध्यक्ष बनाएर जानुपर्ने अडान कायम राखेको हो ।
‘अध्यक्ष केपी ओलीको अपरिहार्यता सम्बन्धमा : नेकपा एमालेको अभिभावकको रुपमा रहेको राष्ट्रवादी नेता कमरेड केपी शर्मा ओली नै वर्तमान नेपालको राजनीतिक नेतृत्वमा र पार्टीको अध्यक्षमा रहिरहनुपर्ने अपरिहार्यता रहेको बैठकले ठहर गरेको छ,’ प्रस्तावको बुँदा नं ३ मा भनिएको छ ।
त्यस्तै एमाले दोलखाले हालैको जेनजी आन्दोलन र त्यसपछि एमालेमाथि भइरहेको आलोचनाबारे समेत समीक्षा गरेको छ । एमाले दोलखाले वर्तमान सरकारले अध्यक्ष ओलीमाथि स्थानहद तोक्ने लगायतका विषयमा आपत्ति समेत जनाएको छ । साथै ओलीमाथि राजनीतिक गतिविधि गर्न रोक लगाउने काम गरेमा त्यसको प्रतिकार गर्ने समेत चेतावनी दिइएको छ ।
‘वतमान सरकारको रवैयाः नेकपा एमालेको राष्ट्रिय ऐतिहासिक महाधिवेशन असफल पार्ने षडयन्त्रसहित प्रतिशोधको भावनाबाट स्वचालित वर्तमान सरकारले नियतपूर्वक श्रदेय अध्यक्ष केपी शर्मा ओलीलाई स्थान हद गर्ने, बयान लिने, पक्राउ गर्ने, हिँडडुल र राजनीतिक गतिविधिमा अवरोध गर्ने जस्ता कार्यहरु गर्ने तयारी गरेकोमा यो बैठक आपत्ति प्रकट गर्दै त्यसको प्रतिरोध गर्ने घोषणा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
यसैगरी वर्तमान सरकारले असंवैधानिक र अलोकतान्त्रिक तबरबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै प्रतिनिधि सभा पुनस्थापना गर्न समेत माग गरेको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया