प्रहरीको ट्र्याकसुट लगाएर हिँडेका युवक लुटपाटको आरोपमा पक्राउ

लोकपथ
588
Shares

काठमाडौं । नेपाल प्रहरीको ट्र्याकसुट लगाएर हिँडिरहेका एक युवक लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।

भदौ २४ गते प्रहरी प्रभाग कपनमा भएको लुटपाट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले आइतबार बिहान २२ वर्षीय अमृत साउँदलाई पक्राउ गरेको हो ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले कपन क्षेत्रमा प्रहरीको ट्र्याकसुट लगाएर हिँडिरहेको अवस्थामा साउँदलाई फेला पारेको थियो । अछाम मल्लेक गाउँपालिका-७ घर भई हाल काठमाडौंको कपनमा बस्दै आएका साउँद पक्राउ परेपछि प्रहरीले उनको डेरामा तलासी लिएको हो ।

तलासीका क्रममा प्रहरी प्रभाग कपनबाट लुटिएका कम्प्युटर, सिपियू, प्रिन्टर, प्रहरीको रेनकोट, बुट र तरबार फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साउँदमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?