जेन–जी फ्रन्टको केन्द्रीय र प्रदेशस्तरीय संरचना विस्तार, क–कसलाई समेटियो ?

लोकपथ
364
Shares

काठमाडौं । नेपाल जेन–जी फ्रन्टले जेन–जी विद्रोहलाई संस्थागत गर्ने उद्देश्यले केन्द्रीय र प्रदेशस्तरीय संरचना विस्तार गरेको छ । सुशासन, पारदर्शिता, जबाफदेहिता र डिजिटल अभिव्यक्ति स्वतन्त्रताको पक्षमा तथा भ्रष्टाचार, कुशासन र डिजिटल निरंकुशताविरुद्ध अभियान सञ्चालन गरिरहेको पनि नेपाल जेन–जी फ्रन्टले जनाएको छ ।

हालै बसेको केन्द्रीय संयोजन समितिको अनलाइन बैठकले केन्द्रीय विभागीय सदस्य तथा सातै प्रदेशका सम्पर्क व्यक्तिहरू तोकेको छ । यसमार्फत देशभरका जेन–जी, युवा र विद्यार्थीहरूलाई सहजीकरण र समन्वयमा ल्याइने बताइएको छ ।

फ्रन्टका केन्द्रीय विभागीय सदस्यमा जनसम्पर्क समितिमा रितु खड्का, अभियान समितिमा अमृता बन र सूचना प्रविधि समितिका संविधान प्रसाई छन् ।

बैठकले प्रदेशस्तरीय सम्पर्क व्यक्तिमा क्रमशः प्रदेश नं. १ मा रोहन दंगाल, मधेस प्रदेशमा मो. नजरे आलम, बागमती प्रदेशमा सचिन चापागाईं, गण्डकी प्रदेशमा साबिज मिया, लुम्बिनी प्रदेशमा सौरभ न्यौपाने, कर्णाली प्रदेशमा विनीता बोगटी र सुदूरपश्चिम प्रदेशमा नवीन विष्टलाई तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?